तनहुँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोन भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन नेपालमा पनि सरकारले गत चैत ११ गते देखि लकडाउन घोषणा गरेको छ ।

आइतबार मात्रै फेरी थपेर लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय सरकारले गरेको छ । सोही लकडाउन पुर्णरुपमा कार्यन्वयन गराउन तनहुँको व्यास नगरपालिकाले तनहुँको दमौली बजार अब हप्ताको ४ दिन मात्रै खुलाउने निर्णय गरेको छ ।

सोमबार व्यास नगरपालिकाकी उपप्रमुख एवं बज़ार अनुगमन समितिकी संयोजक मिरा जोशीको संयोजकत्वमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले मंगबारदेखि लागु हुने गरि हप्ताको ४ दिन सोमबार, मंगलबार, बुधबार र बिहिबार दैनिक ११ बजेदेखि २ बजेसम्म ३ घण्टा मात्रै बजारमा खाद्यान्न, तरकारी, कृषि र निर्माण सम्बन्धि पसल खोल्न पाउने निर्णय गरेको छ ।

हप्ताको अन्य ३ दिन भने पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको व्यास नगरपालिकाकी उपप्रमुख एवं बज़ार अनुगमन समितिकी संयोजक मिरा जोशीले जानकारी दिईन ।

यसअघि नगरपालिकाले अत्यावाश्य खाद्यान्न सामाग्रीका लागि हरेक दिन बिहान ७ देखि १० बजेसम्म र निर्माण सामाग्री ढुवानीका लागि बेलुका ३ बजे ८ बजेसम्म खुला गरिएको थियो ।

त्यस्तै हाल तनहुँमा नै पर्याप्त मात्रामा तरकारी उत्पादन भईरहेको हुँदा विज्ञको सुझाव अनुसार कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै जिल्ला बाहिरबाट आउने तरकारी पुर्णरुपमा रोक लगाउने उक्त समितिको बैठकले निर्णय गरेको छ ।

प्रायजसो फलफुल बाहिरी जिल्ला तथा कोरोना संक्रमित क्षेत्रबाट आउने भएकाले सम्पुर्ण फलफुल पसल पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको उपप्रमुख जोशीले जानकारी दिईन ।

अन्तिम पटक अध्यावधिक गरिएको 8 महिना अगाडी 24126 जनाले हेर्नुभएको

ज्योतिषशास्त्र / वास्तुशास्त्र

प्रतिक्रिया दिनुहोस्