घरको वास्तु मिलाउन के के गर्ने ?

वास्तुशास्त्रअनुसार घर निर्माण गर्दा खुला ठाउँ, किचेन, बेडरूम, पानी ट्याङ्की, शौचालय, शयनकक्ष, बालबालिकाको शयनकक्ष, अध्ययनकक्ष, भर्याङ्ग, बैठककोठा लगायत सम्पूर्ण संरचनाका स्थूल र सूक्ष्म पक्षमा ध्यान दिनुपर्छ।

  • विशेषगरी घरको ब्रह्मस्थानमा (मध्य भाग )खुला ठाउँ हुनुपर्छ ।
  • घरमूलीको शयनकक्ष नैर्ऋत्य कोणमा हुनु सर्वापयोगी मानिन्छ।यसको विकल्पका रूपमा ईशान कोणलाई पनि लिन सकिन्छ।
  • बालबालिकाको अध्ययन कक्ष, शयन कक्ष, स्नान कक्ष पूर्वमा हुनु राम्रो मानिन्छ।
  • भूमिगत पानीको स्रोत ईशान(पूर्वउत्तर) कोणमा हुनुपर्छ।
  • गाडीको पार्किङ स्थल आग्नेय कोणमा हुनु सर्वापयोगी मानिन्छ।
  • भान्साकोठा आग्नेय (पूर्ब-उत्तर) कोणमा हुनुपर्छ। यसको विकल्पका रूपमा वायव्य कोण (पश्चिम–उत्तर) लाई लिन सकिन्छ।
  • बास्तु शास्त्रको मान्यता अनुरुप शौचालय घर भन्दा १० मिटर पर हुनु  आबस्यक छ ।
  • शहरी कारणले गर्दा बिकल्पमा पश्चिम दिशाको केन्द्रबिन्दुदेखि दक्षिण/उत्तरतर्फ, पूर्व अथवा उत्तर फर्काएर शौचालयको निर्माण गर्नुपर्छ ।
  • घरको मूल प्रवेशद्वार पनि घरमूलीको राशिअनुसार मिलाउँदा राम्रो हुन्छ। सामान्यतया घरको मोहडा कुन दिशातर्फ फर्किएको छ, सोहीअनुसार वास्तुशास्त्रीको सल्लाह लिएर निर्माण गर्न सकिन्छ ।
  • पूजा कोठा  पूर्ब उत्तर दिशामा पूर्ब वा उत्तर फर्केर पूजा गर्न मिल्ने गरि  राख्नुपर्छ ।
  • बैठक कोठा घरको पूर्ब दिशामा राख्नु सर्बोत्तम मानिन्छ ।
  • सिढी बिजोर संख्यामा र माथि चढ्दा घडीको सुईको दिशामा (दाया घुम्दै)  चढ्न मिल्ने बनाउनु पर्छ ।

यी सामान्य विषयमा मात्र सचेत रहन सकियो भने वास्तुशास्त्र अनुसारको घर निर्माण हुन्छ।