लायन्स क्लब अफ पोखरा भिजिटको अध्यक्षमा लायन कमल पौडेल निर्वाचित

लायन्स क्लब अफ पोखरा भिजिटको लायन वर्ष 2020/21 को लागी क्लबको नेतृत्व निर्विरोध चयन भएको छ ।वर्तमान विषम परिस्थितिमा लकडाउनको समयमा अनलाइन प्रविधिको माध्यमबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको क्लबका अध्यक्ष लायन महेन्द्र सापकोटाले जानकारी दिनु भएको छ । क्लबको अध्यक्षमा लायन कमल  पौडेल निर्बिरोध निर्वाचित भएका छन् । २०१९/२० मा स्थापना भएको यस  क्लबले स्थापनाको प्रथम बर्षमा नै सामाजिक कार्यमा अग्रणी स्थान हासिन गर्न सफल भएको यस क्लबमा विभिन्न क्षेत्रका व्यक्तिहरु रहनु र सामाजिक काममा उत्प्रेतित भावाना हुनु प्रमुख कारण भएको क्लबका सचिब लायन सुरेन्द्र लामिछानेले बताउनु भएको छ ।निर्वाचित पदाधिकारीको परिचय सहित नामावली  सार्वजनिक गरेको छ ।

अध्यक्ष : लायन ज्यो. पं. कमल पौडेल “शास्त्री “

बर्ष २०२०/२०२१ का लागि अध्यक्ष लायन कमल पौडेल ज्योतिष क्षेत्रमा काम गर्नु हुन्छ । नेपाल ज्योतिष परिषद गण्डकी प्रदेशका महासचिब समेत हुनुहुन्छ | पोखरामा रहेर २५ जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिनु भएका पौडेल धार्मिक क्षेत्रमा बिश्व हिन्दु महासंघ नेपाल ,कास्की महासचिब हुनुहुन्छ । लामो समय देखी मिडिया क्षेत्रमा क्रियाशील व्यक्ति सामाजिक अभियन्ताको रुपमा पनि चिन्न सकिन्छ ।

निर्वाचित अध्यक्ष ज्यो. पं. कमल पौडेल “शास्त्री “

निवर्तमान अध्यक्ष : लायन महेन्द्र सापकोटा

हाल अध्यक्षको रुपमा काम गरिरहनु भएका लायन महेन्द्र सापकोटा एक सफल ब्यापारी हुनुहुन्छ । सानै उमेर देखि ब्यापार ब्यबसायमा आवद्द सापकोटा अन्तररास्तीय संस्था जेसिस  पोखराका ट्रेनिङ्ग प्रमुख समेत हुनुहुन्छ ।


निवर्तमान अध्यक्ष :
लायन महेन्द्र सापकोटा

प्रथम उपाध्यक्ष : लायन सुवास पौडेल
प्रथम उपाध्यक्ष लायन सुबास पौडेल एक कुशल संचारकर्मी हुनुहुन्छ । नेपाल पत्रकार मंच का गण्डकी प्रदेश अध्यक्ष पौडेल लामो समय देखि मिडिया क्षेत्रमा आवद्द हुनुका साथै शैक्षिक क्षेत्रमा समेत आवद्द हुनुहुन्छ । नमुना बैकपिक बिधालय का संचालक समेत रहनु भएका पौडेल हाल सगरमाथा टेलिभिजनमा गण्डकी ब्युरो प्रमुखमा रुपमा कार्यरत हुनुहुन्छ ।

द्दितिय उपाध्यक्ष : लायन बाबुराम तिवारी
बर्ष २०२०/२१ का लागि द्दितिय उपाध्यक्ष लायन बाबुराम तिवारी एक सफल ब्यबसायिक व्यक्तित्व हुनुहुन्छ । पोखरामा रहेर बिगत ५ बर्ष देखि हार्डवेयर को ब्यापार ब्यबसायामा आवद्द तिवारी संग लामो समय राष्ट्रीय स्तरमा मार्केटिंग गरेको अनुभब छ । राम्रो जन सम्पर्क भएको व्यक्ति तिवारी धार्मिक ब्यक्तित्व समेत हुनुहुन्छ ।बिश्वका २१ भन्दा बढी मुलुक र नेपालका ५८ जिल्ला भ्रमण गरिसकेका घुमेको अनुभव भएका उहाँले नेपालको आन्तरिक पर्यटन मा जोड दिनु पर्छ भन्ने अभियन्ता समेत हुनुहुन्छ । पुर्व टेलिभिजन प्रस्तोता समेत रहनु भएका तिवारी संग संचार क्षेत्रको समेत राम्रो अनुभव रहेको छ ।


द्दितिय उपाध्यक्ष : लायन बाबुराम तिवारी “राजेश “

तृतीय उपाध्यक्ष : लायन सुरेन्द्र लामिछाने
बर्ष २०२०/२१ का लागि तृतीय उपाध्यक्ष लामिछाने पोखरामा रहेर लामो समय देखि ब्यापार ब्यबसायमा आवद्द हुनुहुन्छ । संस्कार ट्रेडर्स नामक पसलका खुद्रा तथा होलसेल ब्यापारी लामिछाने एक जमानाका चर्चित मोडल तथा सर्जक हुन । हैरानै कटायो सि आर बिटि ले, सुन्न होकि मया जाल बुन्न हो ,गाउँ कि ठिटीले जस्त उत्कृष्ट गितका सर्जक समेत रहनु भएका उहाँ लोक दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेश संस्थापक सदस्य हुनुहुन्छ । उहाँले ५० भन्दा बढी गितमा अभिनय गर्नु भएको छ | मानबिय सेवामा सधै तत्पर उहाँ दर्पण सहकारीका संचालक समेत रहनु भएका उहाँ विभिन्न संघ संस्थामा आवद्द , क्लबको खम्बाको रुपमा परिचित हुनुहुन्छ ।


तृतीय उपाध्यक्ष : लायन सुरेन्द्र लामिछाने


सचीव : लायन रामहरि वाग्ले

बर्ष २०२०/२१ का लागि सचिब रामहरी वाग्ले सफल ब्यापारी हुनुहुन्छ । लामो समय देखि किराना ब्यबसायमा आवद्द वाग्ले खाद्यान्न को होलसेल ब्यापारी हुनुहुन्छ । क्लबमा अग्रज तथा अभिभावकको रुपमा रहनु भएका वाग्ले मिलनसार  व्यक्तित्व तथा क्लबको हस्ती भएको क्लब आवद्द साथिहरु बताउनु हुन्छ ।


सचीव : लायन रामहरि वाग्ले

सह सचिव :- लायन गणेश भण्डारी
बर्ष २०२०/२१ का लागि सह -सचिब गणेश भण्डारी सहकारी अभियन्ता तथा सहकारी संचालक हुनुहुन्छ हाल सहकारीमा आवद्द भण्डारी स्पष्ट बक्ता भण्डारी तथा कुशल उद्घोषक समेत हुनु हुन्छ ।


सह सचिव :- लायन गणेश भण्डारी

कोषाध्यक्ष : लायन रामकृष्ण पौडेल (सुमित)
बर्ष २०२०/२१ का लागि कोषाध्यक्ष लायन रामकृष्ण पौडेल (सुमित ) व्यापारिक क्षेत्रमा आवद्द हुनुहुन्छ ।लामो समय मार्केटिंग क्षेत्रमा क्रियाशील पौडेल हाल होलसेल ब्यापारी हुनुहुन्छ । सामाजिक तथा मानवीय सेवामा लामो समय देखि क्रियाशील पौडेल लामो समय देखि संगठनमा बसेर काम गरेको अनुभव रहेको छ |


कोषाध्यक्ष : लायन रामकृष्ण पौडेल
(सुमित) 

सह कोषाध्यक्ष : ढकनाथ ढुंगाना
बर्ष २०२०/२१ का लागि सह कोषाध्यक्ष :लायन ढकनाथ ढुंगाना एक सफल ब्यापारी हुनुहुन्छ ।लामो समय विदेश समेत बसेर आउनु भएका ढुंगाना हाल घारिपाटनमा रेस्टुरेन्ट तथा पोल्टीमा ब्यबसायमा आवद्द हुनुहुन्छ । सामाजिक भावनाले उत्प्रेरित ढुंगाना लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशील ब्यक्तित्व हुन्छ ।

सह कोषाध्यक्ष : ढकनाथ ढुंगाना ज्युले लायन लिडर बिस्वेश्वर आचार्य ज्यु लायन पिन धारण गर्दै साथमा लिडर महेन्द्र पौडेल

क्लब मेम्बरसीप चेयरपर्सन :-लायन बासुदेव आचार्य
बर्ष २०२०/२१ का लागि क्लब मेम्बरसीप चेयरपर्सन लायन बासुदेव आचार्य (सुरज ) एक सफल ब्यबसायी हुनुहुन्छ । नोवेल एकेडेमीका तथा होस्टेल संचालक आचार्य लामो समय देखि ब्यबसायमा आवद्द हुनुहुछ भने लायनबाद लाई नजिक बाट नियाल्नु भएको एक व्यक्ति समेत हुनुहुन्छ । उहाँका दाजु लायन बिश्वेस्वर आचार्य 2nd Vice District Governor हुनुहुन्छ ।


क्लब मेम्बरसीप चेयरपर्सन :-लायन बासुदेव आचार्य
(सुरज )

एलसिआइएफ को ओर्डिनेटर : लायन महेश रेग्मी
बर्ष २०२०/२१ का लागि एलसिआइएफ को ओर्डिनेटर : लायन महेश रेग्मी लामो समय देखि पोखरामा प्रेस सम्बन्धि ब्यबसायमा आवद्द छन् । पोखराको samsung गल्लिमा नमुना प्रिन्टिंग हाउसका संचालक उनि सबै संग मिलनसार क्लबको कान्छो सदस्य हुन् भने उनको ब्यबहारिकता परिपक्क रहेको क्लबका अग्रज बताउछन ।बर्ष २०१९/२० मा क्लबमा प्रशासकीय अधिकृत को रुपमा काम गरेको अनुभव समेत उनि संग रहेको छ ।


एलसिआइएफ को ओर्डिनेटर : लायन महेश रेग्मी

सर्भिस चेयरपर्सन :- लायन रामकृष्ण भण्डारी
बर्ष २०२०/२१ का लागि सर्भिस चेयरपर्सन :- लायन रामकृष्ण भण्डारी एक सफल ब्यापारी हुनुहुन्छ ।लामो समय देखि ब्यबशाय मा आवद्द भण्डारी हाल Mega Electro Power Pvt को निर्देशक हुनुहुन्छ ।बिभिन्न सामाजिक काममा अग्रसर साथै मिलनसार व्यक्ति हुनुहुन्छ|


सर्भिस चेयरपर्सन :- लायन रामकृष्ण भण्डारी

क्लब मार्केटिङ्ग एण्ड कम्युनिकेसन चेयरपर्सन – लायन सुर्य सापकोटा
बर्ष २०२०/२१ को लागी क्लब मार्केटिङ एण्ड कम्युनिकेसन चेयरपर्सन – सुर्य सापकोटा एक ब्यबसायी हुनुहुन्छ । लामो समय देखि किराना ब्यबसायी सापकोटा एक जुझारु शसक्त युवा हुनुहुन्छ । सापकोटा सामाजिक सेवामा लामो समय देखि क्रियाशील हुनुहुन्छ ।


क्लब मार्केटिङ्ग एण्ड कम्युनिकेसन चेयरपर्सन – लायन सुर्य सापकोटा

हेल्थ डाइरेक्टर – लायन राजु पौडेल
बर्ष २०२०/२१ को लागी हेल्थ डाइरेक्टर – लायन राजु पौडेल पुर्व नेपाल सैनिक तथा हाल किराना ब्यबसायी तथा अण्डा ब्यबसायी हुनुहुन्छ । आफ्नो काम संगै सामाजको सेवा गर्नु पर्छ भन्ने भावना राख्ने पौडेलले लामो समय देखि सामाजिक तथा मानवीय सेवामा काम गर्दै आउनु भएको छ ।


हेल्थ डाइरेक्टर – लायन राजु पौडेल

साँस्कृतिक डाइरेक्टर – लायन कमल प्रसाद  पौडेल बर्ष २०२०/२१ को लागी साँस्कृतिक डाइरेक्टर – लायन कमल पौडेल एक सफल ब्यबसायी हुनुहुन्छ ।लामो समय देखि अप्टिकल ब्यबसायमा आवद्द पौडेल सानै देखि क्लबमा बसेर काम गरेको अनुभव छ । मिलनसार व्यक्ति  पौडेलले लामो समय  सामाजिक सेवा गरेको इतिहास छ |


साँस्कृतिक डाइरेक्टर – लायन कमल प्रसाद  पौडेल

खेलकुद डाइरेक्टर : लायन पोमिल लामिछाने
बर्ष २०२०/२१ को लागी खेलकुद डाइरेक्टर : लायन पोमिल लामिछाने एक सफल ब्यबसायी हुनुहुन्छ । लामो समय देखि किराना खुद्रा तथा होलसेल ब्यबसायमा आवद्द लामिछाने एक सामाजिक इतिहास बोकेको व्यक्ति हुनुहुन्छ ।


खेलकुद डाइरेक्टर : लायन पोमिल लामिछाने
लायन लिडर बिस्वेश्वर आचार्य ज्यु लायन पिन धारण गर्दै साथमा लिडर महेन्द्र पौडेल

वातावरण निर्देशक – लायन धर्म शर्मा
बर्ष २०२०/२१ को लागी वातावरण निर्देशक – लायन धर्म शर्मा एक सफल ब्यबसायी हुनुहुन्छ । लामो ब्यापारको अनुभव भएका शर्मा शारीरिक सु-संगठन मा रुचि राख्ने व्यक्ति हुनुहुन्छ । सामाजिक सेवामा सधै क्रियाशील शर्मालाई साथीहरुले एक असल मित्र ठान्दछन ।


वातावरण निर्देशक – लायन धर्म शर्मा

ट्राभलिङ निर्देशक- लायन चोलाकान्त पराजुली (लक्ष्मण)
बर्ष २०२०/२१ को लागी ट्राभलिङ निर्देशक- लायन चोलाकान्त पराजुली एक बैदेशिक रोजगार ब्यबसायी हुनुहुन्छ । लामो समय देखि पोखरा लाई कर्म थलो बनाउनु भएका पराजुली सामाजिक सेवा तथा बिभिन्न संस्थामा आवद्द हुनुहुन्छ ।


ट्राभलिङ निर्देशक- लायन चोलाकान्त पराजुली (लक्ष्मण)

अन्तर क्लब समन्यव निर्देशक – लायन राधाकृष्ण बसौला (आर.के. बसौला )
बर्ष २०२०/२१ को लागी अन्तर क्लब समन्यव निर्देशक – लायन राधाकृष्ण बसौला लामो समय देखि पोखरामा मिडियामा क्रियाशील व्यक्ति हुनुहुन्छ । ताण्डव न्युज को लागि मार्केटिंग हेर्दै आउनु भएका बसौला व्यापारिक क्षेत्रमा किराना ब्यबसायी हुनुहुन्छ ।


अन्तर क्लब समन्यव निर्देशक – लायन राधाकृष्ण बसौला (आर.के. बसौला )

टेल ट्विस्टर – लायन दिपक पोखेरल
बर्ष २०२०/२१ को लागी टेल ट्विस्टर – लायन दिपक पोखेरल लामो समय देखि ब्यापारिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ । बिभिन्न संस्थामा आवद्द पोखेरल सामाजिक तथा मानवीय कार्यमा सधै तत्पर हुने व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।


टेल ट्विस्टर – लायन दिपक पोखेरल

सल्लाहकार -लायन हिरामणि शर्मा
बर्ष २०२०/२१ को लागी सल्लाहकार -लायन हिरामणि शर्मा बिगतमा मार्केटिंग अनुभव समाल्नु भएका साथै हाल शैक्षिक क्षेत्रमा एक शिक्षक हुनुहुन्छ । स्पष्ट बक्ता बौद्दिक तथा सामाजिक व्यक्तित्व क्लबको एक हस्ती हुनुहुन्छ ।


सल्लाहकार -लायन हिरामणि शर्मा

सल्लाहकार -लायन काशीराम शर्मा
बर्ष २०२०/२१ को लागी सल्लाहकार -लायन काशिराम शर्मा बिगतमा मार्केटिंग अनुभव समाल्नु भएका साथै हाल आफ्नै ब्यापार ब्यबशायमा संलग्न हुनुहुन्छ ।शर्मा एक धार्मिक तथा सामाजिक व्यक्तित्व हुनुहुन्छ ।आगामी बर्षबाट क्लबमा आवद्द रहने (औपचारिक रुपमा प्रवेश गर्न बाकि ) शर्मा संग बर्ष २०१९\२० मा लायन्स क्लब अफ पोखरा भिजिटले सामाजिक कार्यमा सहकार्य गरेको थियो ।


सल्लाहकार -लायन काशीराम शर्मा

सल्लाहकार -लायन भविश्वर पराजुली (दिपेश)
बर्ष २०२०/२१ को लागी सल्लाहकार -लायन भविश्वर पराजुली बिगतमा संस्कृत क्षेत्रको अनुभव समाल्नु भएका साथै हाल बिदेशी लाई ज्योतिष सम्बन्धि सेवा दिने संस्थामा आवद्द हुनुहुन्छ । पराजुली एक धार्मिक तथा सामाजिक व्यक्तित्व हुनुहुन्छ ।आगामी बर्ष बाट क्लबमा आवद्द रहने (औपचारिक रुपमा प्रवेश गर्न बाकि ) पराजुली संग बर्ष २०१९\२० मा लायन्स क्लब अफ पोखरा भिजिटले सामाजिक कार्यमा सहकार्य गरेको थियो ।


सल्लाहकार -लायन भविश्वर पराजुली (दिपेश)

सल्लाहकार -लायन सुबास आचार्य
बर्ष २०२०/२१ को लागी सल्लाहकार लायन सुबास आचार्य एक कुशल संचारकर्मी हुनुहुन्छ । लामो समय देखि मिडिया फिल्ड मा आवद्द आचार्य रेडियो बाराही ९९।२ मेगाहर्जका मार्केटिंग म्यानेजर समेत हुनुहुन्छ ।सामाजिक सेवामा लामो समय देखि क्रियाशील उहाँले भिन्न संस्थाको सहकार्यमा मानवीय सेवा गर्दै आउनु भएको छ ।आगामी  बर्ष बाट क्लबमा आवद्द रहने (औपचारिक रुपमा प्रवेश गर्न बाकि )   आचार्य संग बर्ष २०१९\२० मा   लायन्स क्लब अफ पोखरा भिजिटले  सामाजिक  कार्यमा सहकार्य गरेको थियो ।


सल्लाहकार -लायन सुबास आचार्य